तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण पालिकाभित्र बसोबास गर्ने एउटा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराइने छ । चिकित्सा शिक्षा अध्ययन गर्न लाग्ने कूल खर्चको ५० प्रतिशत गाउँपालिकाले बेहोर्ने उनले बताए । छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न कार्यविधिमा कोषको व्यवस्था गरिएको छ ।
चालु आवमा पालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । सो छात्रवृत्ति चालु आवमै उपलब्ध गराइने छ । गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नौ सदस्यीय चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति रहने कार्यविधिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण