डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ ।
अदालतले सिभिल फ्रड मुद्दामा ट्रम्पविरुद्ध ९० पृष्ठको फैसला दिएको छ । फैसला अनुसार अदालतले ट्रम्पलाई न्युयोर्कस्थित कम्पनीमा निर्देशकको रुपमा काम गर्न प्रतिबन्ध लगाएको छ । उनीहरुले तीन वर्षसम्म कम्पनीको सञ्चालक बन्न पाउने छैनन् । अदालतले ट्रम्पसँगै उनका दुवै छोरालाई पनि सजाय सुनाएको छ । अदालतले डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई ४० लाख अमेरिकी डलर जरिवानाको सजाय सुनाएको छ । साथै, ट्रम्पका दुवै छोराले न्युयोर्कको एउटा कम्पनीमा दुई वर्षसम्म निर्देशकको रूपमा काम गर्न पाउँदैनन् ।
महान्यायाधिवक्ताको कार्यालयले न्यायाधीशलाई डोनाल्ड ट्रम्पलाई ३७० मिलियन अमेरिकी डलर तिर्न अनुरोध गरेको थियो । तर, अदालतले ट्रम्पलाई ३५४.८ मिलियन अमेरिकी डलर जरिवाना तोकेको छ । मुद्दाको सुनुवाइ दुई महिना भन्दा बढी चलेको थियो, जसमा ट्रम्प, ट्रम्पको कम्पनीका शीर्ष अधिकारी र ट्रम्पका बच्चाहरू सहित ४० साक्षीहरू अदालतमा उपस्थित थिए ।
यसअघि अदालतले कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकृत एलेन वेसेलबर्गलाई पनि १० लाख अमेरिकी डलर तिर्न आदेश दिएको थियो । उनलाई तीन वर्षसम्म कम्पनीमा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ । ट्रम्पका वकिलहरुले अदालतको यो निर्णयलाई अन्यायपूर्ण भनेका छन् । आदेश राजनीतिक प्रेरित भएको उनीहरुको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
-
मुद्रास्फीति लक्ष्यभित्रै, विदेशी विनिमय सञ्चितिले १९ महिनाको आयात धान्ने
-
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता
-
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति (पूर्णपाठ)
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण