‘निजी क्षेत्रको योगदानबिना देशले समृद्धिको फड्को मार्न सक्दैन’
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले निजी क्षेत्रको योगदानबिना देशमा समृद्धिले फड्को मार्न नसक्ने बताएका छन् । काठमाडौँमा शनिबार मारवाडी सेवा समिति नेपालको ७१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग बनाएर अगाडि लैजानुपर्ने बताए ।
‘सरकारले राज्यले संविधानमा परिभाषित गरेझैं निजी क्षेत्रलाई यसको अभिन्न अंग मान्छ र निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ । त्यसकारणले गर्दा अहिले निजी क्षेत्रलाई जोडेर मात्रै देशको विकास र समृद्धिमा फड्को मार्न सकिन्छ भन्ने कुरामा सरकार संविधानमा मात्र होइन, भाषणमा मात्र होइन भित्रदेखि प्रतिबद्ध छ,’ उनले भने, ‘निजी क्षेत्रको योगदानबिना समृद्धिले फड्को मार्न सक्दैन ।’
सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रसंग उल्लेख नगरी उनले कार्याक्रमलाई सम्बोधनका क्रममा त्यसको सांकेतिक रुपमा प्रष्टीकरण दिएका थिए ।
कानुन सबैका लागि बराबर भएको भन्दै उनले कसुर गर्नेहरु जोसुकै कारबाहीको भागीदार हुने बताए । उनले भने, ‘जुनसुकै समुदायको होस् राजनीतिक समुदाय होस् चाहे व्यापारी होस्, चाहे कर्मचारी होस्, जुनसुकै जाती समुदायको होस् उसले गल्ती गरेको छ भने राज्यले कारबाही त गर्छ नै । त्यसमा तपाई प्रष्ट हुनुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले मारवाडी समुदायले देशको अर्थतन्त्रसँगै समाजसेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । उद्योग, व्यापार, व्यवसाय र समाज सेवामा मारवाडी समुदायको विशेष योगदान रहेको भनाइ उनले राखे ।
कार्यक्रममा मारवाडी सेवा समितिमा विशिष्ट योगदान गर्ने समाजका ३ जना सदस्यलाई मरणोपरान्त, ५ जना जेष्ठ महिला सदस्य, ५ जना जेष्ठ पुरुष सदस्यलाई सम्मान पत्र र बाबुलाल राधादेवी टिबडेवाला मारवाडी सेवा समिति नेपाल छात्रवृत्ति अक्षय कोष स्थापनाका लागि सहयोग गर्ने दाता संस्था टिबडेवाला धमार्थ ट्रष्टलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका सभापति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले स्थापनाको ७१ वर्षमा समितिले गरेका कामबारे बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण