त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति
काठमाडौँ । नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो ।
‘उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । मेरिटोक्रेसीको नाटक मञ्चन गरेर पुनः राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्त नगर्न र तत्काल वर्तमान शासकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रस्टीको अवधारणाको नीतिगत व्यवस्था गर्न जोडदार माग गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
बैठकले समसामयिक राजनीति अवस्थाको समीक्षा गर्नुको साथै राजनीतिक शुद्धीकरणको दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै अनेरास्ववियुले राष्ट्रिय स्तरको हाजिरीजवाफ प्रतियोगिता गर्ने, विद्यार्थी महोत्सव आयोजना गर्ने, राष्ट्रिय महिला मेला आयोजना गर्ने, एसियन विद्यार्थी सम्मेलन गर्ने, चैतभित्र अवधि पुगेका समितिहरूको अधिवेशन गर्ने लगायत निर्णय गरेको छ ।
_1_GQJp2qBEyU.jpg)
_2_5NPYvG7hLP.jpg)
_3_tasAKYCEzA.jpg)
_4_iPxObuMazm.jpg)
_5_48QWbYLCnG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण