आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति

आइतबार, ०६ फागुन २०८०, २० : २४
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो ।

‘उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । मेरिटोक्रेसीको नाटक मञ्चन गरेर पुनः राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्त नगर्न र तत्काल वर्तमान शासकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रस्टीको अवधारणाको नीतिगत व्यवस्था गर्न जोडदार माग गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

बैठकले समसामयिक राजनीति अवस्थाको समीक्षा गर्नुको साथै राजनीतिक शुद्धीकरणको दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै अनेरास्ववियुले राष्ट्रिय स्तरको हाजिरीजवाफ प्रतियोगिता गर्ने, विद्यार्थी महोत्सव आयोजना गर्ने, राष्ट्रिय महिला मेला आयोजना गर्ने, एसियन विद्यार्थी सम्मेलन गर्ने, चैतभित्र अवधि पुगेका समितिहरूको अधिवेशन गर्ने लगायत निर्णय गरेको छ । 

Press Meet Circular(1)_1Press Meet Circular(1)_2Press Meet Circular(1)_3Press Meet Circular(1)_4Press Meet Circular(1)_5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप