घाँस बेच्दै खाद्य कम्पनी
सोमबार, ०७ फागुन २०८०, १७ : ३६
काठमाडौँ । बागमती प्रादेशिक अन्तर्गत काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयले घाँस बेच्ने भएको छ । पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई खुवाउने बाँकी रहेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर बेच्ने भएको हो ।
कम्पनीले २०८० सालको बडा दसैँ पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई किनेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर परिसर सफा हुने गरी इच्छुक व्यक्तिले सात दिनमा लैजान सक्ने भन्दै सूचना प्रकाशन गरेको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयमा नेपाली नागरिकताको प्रतिलिपि संलग्न गरी दर रेट खुलाई खरिदका लागि आवेदन पेस गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण