जिरोनाको उपाधि होडमा धक्का, रियललाई फाइदा
काठमाडौँ । एथ्लेटिक बिल्बाओसँग पराजित भएपछि जिरोनालाई स्पेनिस लिगाको उपाधि होडमा धक्का लागेको छ । सोमबार राति भएको खेलमा जिरोना एथ्लेटिक बिल्बाओसँग २–३ गोलले स्तब्ध बनेको हो ।
शीर्ष स्थानमा रहेको रियल मड्रिड आइतबार रायो भायेकानोसँग रोकिएपछि जिरोनालाई ६ अंकको दुरी घटाउने अवसर रहेको थियो । तर, टोली पराजित हुनपुग्यो । टोली पछिल्ला तीन खेलमा जीतविहीन रहेको छ ।
अलेहान्द्रो रेमिरोले खेलको दोस्रो मिनेटमा नै बिल्बाओलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा भिक्टोर साइहान्कोभले जिरोनाका लागि बराबरी गोल फर्काए । तर, यो अवस्था लामो समय टिक्न सकेन । रेमिरोले ५६ औँ मिनेटमा पुनः एथ्लेटिकलाई अग्रता दिलाए । ६० औँ मिनेटमा इनाकी विलियम्सले टोलीको अग्रता फराकिलो बनाए । ७५ औँ मिनेटमा एरिक गार्सियाले जिरोनाका लागि एक गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
२५ खेलपछि जिरोना ५६ अंकसहित लिगको दोस्रो स्थानमा छ । बार्सिलोनाले २ अंकले पछि तेस्रो स्थानमा छ । ५१ अंकसहित एट्लेटिको मड्रिड चौथो स्थानमा रहेको छ भने एथ्लेटिक बिल्बाओ ४९ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण