इङ्लिस प्रिमियर लिग : एभर्टन र प्यालेसले अङ्क बाँडे
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले अङ्क बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क लिएका हुन् ।
एभर्टनको मैदानमा प्यालेसले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा प्यालेसले ६२ औँ मिनेटमा अग्रता बनाएको हो । उसका जोर्डन आइयूले जिन माटेटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, ८४ औँ मिनेटमा ओमाडोउ ओनानाले डिवेट म्याकनेलको पासमा गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल ननिस्किएपछि एक-एक अङ्कमा चित्त बुझाए ।
बराबरीसँगै प्यालेस २५ खेलबाट २५ अङ्क बनाउँदै तालिकाको १५ औँ स्थानमा छ भने एभर्टन समान खेलबाट २० अङ्क जोड्दै १७ औँ स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड आमने सामने हुने छन् । यो खेल नेपाली समय अनुसार राति सवा १ बजे सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण