आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व स्तरीय कार्यक्रम TEDx गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीहरु

बुधबार, ०९ फागुन २०८०, १५ : ४४
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । पुल्चोक क्याम्पसका विद्यार्थीहरूले TEDxIOE विश्व स्तरीय कार्यक्रमको आयोजना गर्दैछन् । 

आज ललितपुरको च्यासलमा अवस्थित ज्यापु प्रज्ञा भवनमा हुने कार्यक्रममा विभिन्न क्षेत्रहरुका व्यक्तित्वले आफ्नो भनाइ प्रस्तुत गर्ने भएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको साथमा गोल्ड पाटनर्को रुपमा Hyperce, मार्केटीङ पाटनरको रुपमा At Groups र टिकटिङ पार्टनरको रुपमा 

खल्ती रहेका छन् । TEDxIOE पुल्चोकले नयाँ विचारधारा बोकेका नेत्रित्वहरू, नवीन प्रयोग गर्ने  आविष्कारकहरू र नवप्रवर्तनका सर्जकहरुलाई आफ्ना विचारहरू र अन्तर्दृष्टिहरू नेपाल र विश्वव्यापीरुपमा रहेका दर्शकहरूसँग साझा गर्ने प्लेटफर्मको विकास गर्ने लक्ष्य राखेको छ । 

अमेरिकाको TEDx Talks बाट प्रेरित भएको यस कार्यक्रमले अर्थपूर्ण छलफल र समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ । TEDxIOE पुल्चोकको विद्यार्थीद्वारा आयोजना गरिएको पहिलो संस्करणले पुल्चोक क्याम्पस समुदायको लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हुनेछ भन्ने आयोजकको विश्वास छ । यसले विद्यार्थीहरूको प्रतिभा र लगनशिलतालाई पनि विश्वव्यापी मञ्चमा प्रदर्शन गर्ने जनाइएकाे छ ।   कार्यक्रममा सुमना श्रेष्ठ, रमेश पौडेल, खेम लकई लगायतका धेरै प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता हुनेछ ।

सहभागीहरूले उक्त कार्यक्रमबाट अमूल्य विचारहरुका साथसाथै अन्तरक्रियात्मक छलफलहरू, भविष्य को लागि एक अविस्मरणीय पल र नेटवर्किङका अवसरहरूले भरिएको एक समृद्ध अनुभवको आशा गर्न सक्ने छन्  । TEDxIOE पुल्चोकमा भाग लिएर सहभागीहरूले बहुमूल्य बिचार धारा प्राप्त गर्नेछन्, आफ्नो क्षितिज विस्तार गर्नेछन् र नवीनता र प्रगतिको लक्ष्य बोकेका आफू समान विचारधारा भएका व्यक्तिहरूसँग जोडिनेछन्।

TEDxIOE पुल्चोक सबै वर्गका सिक्न इच्छुक व्यक्तित्वका  लागि खुला रहने छ । सबै समाजका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्दै  विद्यार्थी, व्यावसायिक वा जुन सुकै समुदायलाई प्रतिनिधित्व गर्ने  सदस्यभएतापनि, TEDxIOE पुल्चोकले समावेशी वातावरणका साथै सबैलाई  सिक्ने र प्रेरित हुने अवसर प्रदान गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप