५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन रामहरि खतिवडाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताए । ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको खतिवडाले बताए ।
सांसद खतिवडाले सरकारलाई भुवन श्रेष्ठ र पहलमान थापालाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गरे । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण गराए । यस्तै हमासले अपहरण गरेका विपिन जोशीको अवस्था के छ त्यसबारे सदनलाई जानकारी गराउन पनि उनले माग गरे । रसिया युक्रेन युद्धमा नेपालीहरू मारिने अवस्था रहेकोले उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउने वातावरण मिलाउन समेत खतिवडाले सरकारसमक्ष आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी