संसद
संसद्मा प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि कांग्रेस सचेतकले गरिन् नियमापत्ति
बिहीबार, १० फागुन २०८०, १३ : ४६

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भएपछि कांग्रेस सचेतक सुशीला थिङले नियमापत्ति गरेकी छिन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले बोल्ने क्रममा प्रधानमन्त्रीले फटाहा बोल्ने गुण बोकेको बताएपछि थिङले नियमापत्ति गरेकी हुन् ।
नियमापत्ति गर्दै थिङले भनिन्– ‘यहि सदनमा सम्माननीय प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भयो । त्यसकारण यो शब्द अलि अश्लिल भएकोले मैले नियमापत्ति जनाएको छु ।’
सचेतक थिङले गरेको नियमापत्तिले सिंगो हलको ध्यानाकर्षण भएको बताउँदै सभामुख देवराज घिमिरेले नेकपा समाजवादीका सांसद मेटमणी चौधरीलाई बोल्न समय दिए । कांग्रेसका अर्का सांसद देवप्रसाद तिमिल्सिनाले पनि नियमापत्ति गर्न खोजे तर सभामुखले ध्यानाकर्षण भएको भन्दै उनलाई बोल्न समय दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला