संसद
संसद्मा प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि कांग्रेस सचेतकले गरिन् नियमापत्ति
बिहीबार, १० फागुन २०८०, १३ : ४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भएपछि कांग्रेस सचेतक सुशीला थिङले नियमापत्ति गरेकी छिन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले बोल्ने क्रममा प्रधानमन्त्रीले फटाहा बोल्ने गुण बोकेको बताएपछि थिङले नियमापत्ति गरेकी हुन् ।
नियमापत्ति गर्दै थिङले भनिन्– ‘यहि सदनमा सम्माननीय प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भयो । त्यसकारण यो शब्द अलि अश्लिल भएकोले मैले नियमापत्ति जनाएको छु ।’
सचेतक थिङले गरेको नियमापत्तिले सिंगो हलको ध्यानाकर्षण भएको बताउँदै सभामुख देवराज घिमिरेले नेकपा समाजवादीका सांसद मेटमणी चौधरीलाई बोल्न समय दिए । कांग्रेसका अर्का सांसद देवप्रसाद तिमिल्सिनाले पनि नियमापत्ति गर्न खोजे तर सभामुखले ध्यानाकर्षण भएको भन्दै उनलाई बोल्न समय दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण