आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हामी एकताबद्ध हुनुको विकल्प छैन : शेखर कोइराला

बिहीबार, १० फागुन २०८०, १७ : ०७
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् । महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको बताए । 

कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताए । महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको छ । यसले कांग्रेसलाई जीवन्त बनाएको छ, उनले भने, ‘महासमिति बैठकपछि कांग्रेस नयाँ उर्जाका साथ अगाडि बड्ने छ भन्ने विश्वास छ ।’  यस्तै उनले निर्वाचन प्रणाली परिवर्तन गर्नका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने कोइरालाले बताए ।

उनले भने, ‘कांग्रेसले आफूलाई नागरिकको भावनाअनुसार सुधार गर्दै आइरहेको छ । अहिले नागरिकमा देखिएको निराशालाई चिर्न राज्य संयन्त्र मात्रै पर्याप्त छैन । पार्टी नै परिचालन हुनुपर्छ । त्यसका लागि सबै जुट्न आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप