हामी एकताबद्ध हुनुको विकल्प छैन : शेखर कोइराला
बिहीबार, १० फागुन २०८०, १७ : ०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् । महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको बताए ।
कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताए । महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको छ । यसले कांग्रेसलाई जीवन्त बनाएको छ, उनले भने, ‘महासमिति बैठकपछि कांग्रेस नयाँ उर्जाका साथ अगाडि बड्ने छ भन्ने विश्वास छ ।’ यस्तै उनले निर्वाचन प्रणाली परिवर्तन गर्नका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने कोइरालाले बताए ।
उनले भने, ‘कांग्रेसले आफूलाई नागरिकको भावनाअनुसार सुधार गर्दै आइरहेको छ । अहिले नागरिकमा देखिएको निराशालाई चिर्न राज्य संयन्त्र मात्रै पर्याप्त छैन । पार्टी नै परिचालन हुनुपर्छ । त्यसका लागि सबै जुट्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण