परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट
शुक्रबार, ११ फागुन २०८०, २१ : ०४

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच शुक्रबार भेटवार्ता भएको हो ।
भेटमा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । रायसीन संवाद कार्यक्रममा मन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गर्नुका साथै सो कार्यक्रममा मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।
विदेशमन्त्री जयशंकरले आफूहरुको वार्ताले दुई देशबिचको सम्बन्ध सकारात्मक बनाउन पुनः पुष्टि गरेको बताए । रायसीना संवाद कार्यक्रम आज समापन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट
-
२०२६ महिला टी-२० विश्वकप : भारत-पाकिस्तान भिडन्त जुन १४ मा
-
इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
महानगर स्रोत व्यवस्थापन समितिको बैठक बोलाउने बालेनको तयारी