बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकामा छ्यापछ्याप्ती खान अयोग्य छोकडा, ३८ लाख मूल्य बराबरको नष्ट

शनिबार, १२ फागुन २०८०, १० : २२
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । उपत्यकाका अधिकांश पसलमा छ्यापछ्याप्ती खान अयोग्य छोकडा भेटिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा उपत्यकाका अधिकांश व्यापारीले म्याद सकिएको र लेबल नराखेको खान अयोग्य छोकडा बिक्री वितरण गरिरहेको पाइएको हो ।

छोकडाको अनुगमनका लागि भन्दै विभागले विशेष टोली खटाएको छ । जसले उपत्यकाका सबैजसो स्थानमा छोकडाको भण्डारण र लेबल भए÷नभएको लगायत हेर्दै आइरहेको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार उपत्यकामा छोकडा अनुगमनका लागि भनेर ४ वटा टोली खटाइएको छ । 

यो टोलीले विशेष गरी ४ स्थानमा अनुगमन गर्दा ४ हजार ७९० किलोग्राम खान अयोग्य छोकडा भेटिएको हो । यतिबेला स्थानीय बजारमा छोकडाको बजार मूल्य प्रतिकिलोग्राम ८०० रुपैयाँ छ । बजार मूल्यका आधारमा भेटिएको खान अयोग्य छोकडाको कूल मूल्य ३८ लाख ३२ हजार रुपैयाँ हुने बताइएको छ ।

भागको टोलीले सानेपाको कालिका कुरियर्स एण्ड कार्गोमा ४८ बोरा (२४ सय केजी) खान अयोग्य लेबल नराखिएको छोकडा भेट्टाएको छ । यो पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको  छ । यस्तै, एभ्रिटाइम फुड काँडाघारीमा ५४० किलोग्रामसहितको ११ बोरा छोकडा भेटिएको छ । यो पसललाई समेत ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

यसैगरी, दक्षिणकालीको चोभार कोल्ड स्टोरमा १५ बोरा (७५० केजी) छोकडा भेट्टाएको विभागले जनाएको छ । यो परिणामको छोकडा समेत खान अयोग्य र लेबल नरहेको विभागले जानकारी दियो । यो पसलको भने सामान रोक्का गरेको र कारबाही चलिरहेको बताइएको छ । यसैगरी, विभागले टोखाको बिन्दु मसला ट्रेडर्समा २२ बोरा लेबल नभएको छोकडा भेट्टाएको छ । यसको मूल्य ११ सय किलोग्राम हुने र यो पसललाई ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

यी ४ पसलमध्ये एक पसललाई कारबाही गर्ने क्रममा रहेको विभागले ३ पसललाई भने प्रतिपसल ३ लाखका दरले कूल ९ लाख रुपैयाँ आर्थिक कारबाही गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप