सातामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको ओरालो
काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर कारोबार बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको वृद्धि आएको हो ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको हो ।
यो साताको आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । त्यसयता, सोमबार र मङ्गलवार स्थिर रहेको सुनको मूल्य बुधवार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँ भएको थियो । बिहीबार पुनः ४०० घटेको सुनको मूल्य शुक्रवार पनि स्थिर कायम रहँदै १ लाख १८ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रवार तोलामा १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रवार १३ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण