शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
बजार

सातामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको ओरालो

शनिबार, १२ फागुन २०८०, ११ : ०८
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर कारोबार बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको वृद्धि आएको हो ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको हो ।

यो साताको आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । त्यसयता, सोमबार र मङ्गलवार स्थिर रहेको सुनको मूल्य बुधवार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँ भएको थियो । बिहीबार पुनः ४०० घटेको सुनको मूल्य शुक्रवार पनि स्थिर कायम रहँदै १ लाख १८ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रवार तोलामा १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रवार १३ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप