समाजवादी मोर्चाको बैठक दिउँसो बस्दै, के–के छन् एजेन्डा ?
काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले आगामी कार्यक्रम र योजनालाई अन्तिम रूप दिन सचिवालयको बैठक बोलाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको शीर्ष नेताको बैठकमा काठमाडौँका सहित सातै प्रदेशमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
साथै मोर्चामा नेकपा(मसाल)लाई ल्याउने सहमति गरेको थियो । सचिवालयको बैठक आइतबार दिउँसो ४ बजे नेकपाको कार्यालय बुद्धनगरमा बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए ।
बोगटीका अनुसार कार्यक्रमको कार्यसूची, मिति घोषणा, भित्ते लेखन, ब्यानर प्रचार, मुखपत्र लेखन लगायत विषय टुंगो लाग्नेछ । मोर्चामा सहभागी हुन एमालेसहित वामपन्थी दलहरूलाई आग्रह हुने उनले बताए ।
‘आजको बैठकले मोर्चाले अन्तरक्रियाको कार्यक्रमसहित एमाले लगायत दलहरूलाई मोर्चामा आउन आग्रह हुनसक्छ । नेकपा(मसाल) लाई मोर्चामा ल्याउने विषयमा सहमति भएको छ’, बोगटीले बताए ।
यद्यपि माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो सरेकाले बैठक बस्ने/नबस्नेबारे अनिश्चित देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण