संसदमा रामहरि खतिवडा– ‘विमान किन्ने बहानामा पर्यटन मन्त्रीले १८ करोड कमिसन खाने सूचना प्राप्त भयो’
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले गरेका विभिन्न नियुक्ति तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटन मन्त्री सुदन किराँतीले अहिले विश्वमा उत्पादन बन्द भइसकेको ट्वीनअटर विमान खरिदको नाममा १८ करोड कमिसन खान लागेको सूचना आफूले पाएको बताएका छन् । साथै मन्त्री किराँतीले टाट पल्टेको निगममा ६२ जना कर्मचारी भर्ना गरेको उनले बताए ।
सांसद खतिवडाले भने– ‘ती कर्मचारीलाई हाजिर गरेर कहाँ जाने, कहाँ आउने, के गर्ने थाहा छैन । हाजिर गरेर हिँडेपछि पुग्ने गरेर नियुक्तिको व्यवस्था गरिएको छ ।’ उनले नेपाल एयरलाइन्सलाई अहिले सरकारले ३१ अर्ब लगानी गरेको, निगम ४८ अरबभन्दा बढी ऋणमा डुबेको, ४ वर्षदेखि सावाँ र व्याज दुवै तिर्न नसकेको, वाइड बडी र न्यारोबडी खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ३४ अर्ब रुपैयाँ ऋणको व्याज अहिलेसम्म तिर्न नसकेको अवस्था रहेको बताए ।
सांसद खतिवडाले निगममा भएका ४ वटा जहाजमध्ये २ वटा न्यारोबडी र २ वटा वाइड बडी घाटामा रहेको, निगमलाई आन्तरिक उडानका लागि ६ वटा चिनियाँ न्यारोबडी लिइएकोमा वाई टुवेल्व र वान सिक्टिन तत्कालीन अवस्थामा झन्डै ८ अर्ब रुपैयाँमा लिइएको जहाज अहिले लिलाममा राख्दा ३८ करोडमा बिक्री हुन नसकेको बताए ।
एउटा ट्वीनअटर बिग्रिएर १० वर्षदेखि ग्राउन्डेड भएर थन्किएर बसेको र निगममा १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङबाट झन्डै ८ सय कर्मचारी छन् । यी तथ्याङ्को बाबजुतपनि पर्यटन मन्त्री नयाँ प्लेन किन्नुपर्यो भनेर लाग्नु कमिसनको खेल भएको उनले बताए ।
सांसद खतिवडाले भने– ‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो कहाँ लाने हो ? योबारे सोच्नुपर्ने भइसकेको छ । २ वटा ट्वीनअटर विमान क्यानडाबाट किनेर ल्याउने अहिले निर्णय गरिएको छ, निगमको आफ्नै समितिले अहिले हामीले ल्याउने अवस्था छैन, यी जहाजहरू उत्पादन हुन छोडिसकेका छन् भन्दा एक महिनाअघि टेन्डर आह्वान गरिसकेको अवस्था छ ।’
उनले अगाडि भने– ‘थ्री हन्ड्रेज जि भन्ने विमान ल्याउने भनिएको छ तर अहिले त्यसको उत्पादन छैन । त्यो विमान ल्याएर झन्डै १८ करोड कमिसन खाने सूचना प्राप्त भएका छन् । तैपनि मैले सुधार हुन लागेको आभास पाएको छु । मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा फोटो खिचेर बाहिर ल्याउँने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय ?’
मन्त्री सस्तो लोकप्रियतामा लागेको प्रति पनि उनले कटाक्ष गरे । उनले भने–‘सस्तो पपुलारिटीका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभी लिएर पुगेर भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने हो ? त्यसमा सरकारको ध्यान जाओस् ।’
उनले लकरमा गोली राख्ने ल्हारक्याल लामालाई शान्तिको क्षेत्र लुम्बिनी विकास कोषमा नियुक्त गरेको आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण