विद्यालयमा लिइने चर्को शुल्क विरुद्ध विप्लवको विद्यार्थी संगठनले संघर्ष गर्ने
काठमाडौँ । अखिल (समाजवादी) ले विद्यालयमा दिइने शुल्क विरुद्धमा संघर्ष गर्ने भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी) ले शुल्कका विरुद्ध संघर्ष गर्ने भएको हो ।
संगठनको काठमाडौँ सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनले विभिन्न प्रस्तावहरू पारित गरेको छ । सोही पारित गरिएको प्रस्ताव अनुसार विभिन्न बहानामा सामुदायिक विद्यालयहरूले लिने शुल्क र निजी विद्यालयले लिने चर्को शुल्कका विरुद्ध संघर्ष गर्ने भएको हो ।
अखिल (समाजवादी)ले शिक्षामा राज्यको लगानी बढाउन समेत दबाब दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको हो । शिक्षालाई राज्यको अनिवार्य दायित्वमा लिने व्यवस्था गर्न माग समेत गरेको छ ।
नेपाली शिक्षा प्रणालीमा रहेको नवउदारवादी नीति र यसको कारण भइरहेको व्यापारीकरण, निजीकरण तथा माफियाकरणका विरुद्ध समेत समाजवादीले संघर्ष गर्ने भएको हो ।
त्यस्तै विश्वविद्यालय र विभिन्न शिक्षालयहरूमा भइरहेको राजनीतिक भागभण्डाका विरुद्ध समेत अखिल (समाजवादी) ले संघर्ष गर्ने भएको हो । विश्वविद्यालय तथा शिक्षालयहरूमा भइरहेका नियुक्तिहरू योग्यताका आधारमा गर्न समेत माग गरेको छ ।
युवा र विद्यार्थी तथा पुँजीको चरम विदेश पलायन रोक्न नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने पर्ने समाजवादीको माग छ । पाठ्यक्रममा अपडेट, विश्वविधालयको सुधार र नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारीको सृजना गर्न माग गरेको छ ।
नेपाललाई विश्वको एक शैक्षिक गन्तव्य बनाउने नीति लिन समेत माग गरेको छ । एक शिक्षालय एक उत्पादन नीतिलाई लागू गर्न समेत माग गरेको छ । त्यही आधारमा क्षेत्रअनुसार उत्पादन योजनाहरू बनाई विद्यार्थीहरूलाई श्रम र उत्पादनमा लगाउन समेत माग गरेको छ ।
शिक्षालाई आधारभूत ज्ञान, जीवन निर्वाह, विज्ञता र अनुसन्धान तहमा विभाजन गरी सोही अनुसार ज्ञान र सिप प्रदान गर्ने प्रणाली व्यवस्था गर्न समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण