पूर्वकमाण्डर जीतमान पुन 'मार्सल' को मुद्दामा परमादेश जारी

काठमाडौँ । चरेस ओसारपसार मुद्दामा पक्राउ परेका जनमुक्ति सेनाका पूर्वकमाण्डर जीतमान पुन 'मार्सल' को मुद्दामा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै जिल्लाबाटै पुनः सुनुवाइ गर्न परमादेश जारी गरेको हो ।
यसअघि उनकी पत्नीले स्वच्छ सुनुवाइको मौका नदिएको, म्याद तामेल नभएको, पिताको नामसमेत फरक परेको कारण पुनः सुनुवाइ हुनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश गरेको हो ।
पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट गत माघमा पक्राउ परेका थिए । जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको थियो ।
उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । २०७२ मा दाङ जिल्ला अदालतले लागु औषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन