पूर्वकमाण्डर जीतमान पुन 'मार्सल' को मुद्दामा परमादेश जारी
काठमाडौँ । चरेस ओसारपसार मुद्दामा पक्राउ परेका जनमुक्ति सेनाका पूर्वकमाण्डर जीतमान पुन 'मार्सल' को मुद्दामा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै जिल्लाबाटै पुनः सुनुवाइ गर्न परमादेश जारी गरेको हो ।
यसअघि उनकी पत्नीले स्वच्छ सुनुवाइको मौका नदिएको, म्याद तामेल नभएको, पिताको नामसमेत फरक परेको कारण पुनः सुनुवाइ हुनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश गरेको हो ।
पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट गत माघमा पक्राउ परेका थिए । जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको थियो ।
उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । २०७२ मा दाङ जिल्ला अदालतले लागु औषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण