नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : सापकोटा
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ सापकोटाले विश्वकै लागि मोडेलको रूपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । ‘धेरै ठुलो कुर्बानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि समानुपातिक समावेशी सिद्धान्त, जो ल्याएका छौ । यो धेरै ठुलो र महत्त्वपूर्ण कुरा छ’, उनले भने, ‘तर यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरू भइरहेका छन् ।तर ती प्रयासलाई असफल पार्नुपर्छ, असफल हुन्छन् ।’
नेता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रगमनका पक्षधर शक्तिहरूबिच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण