चन्द्रागिरिमा करिब ९ लाख बराबरको चोरी
सोमबार, १४ फागुन २०८०, १२ : ५६

काठमाडौँ । पछिल्लो समय काठमाडौँमा चोरीका घटना बढ्न थालेका छन् । यस क्रममा चन्द्रागिरि नगरपालिका-१२ हरियाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठामा चोरी भएको छ ।
राना बस्ने कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा