चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले चार वटै दलको शीर्ष नेताको उपस्थितिमा अन्तर्क्रिया गर्ने निर्णय गरेको सदस्य देव गुरुङले जानकारी दिए ।
‘बैठकले चैत ३ गते शीर्ष नेताहरूको उपस्थितिमा बृहत् अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । अन्य केही भएको छैन । बाँकी विषय अन्तर्क्रियापछि गर्नेछौँ’, उनले भने ।
अन्तर्क्रिया कार्यक्रम बौद्धिक वर्ग, नागरिक समाज लगायत सबै पक्षलाई बोलाउने निर्णय भएको उनले जानकारी दिए ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले वामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन लचिलो बन्ने, देशव्यापी भित्ते लेखन, ब्यानर प्रचार गर्ने, काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रम गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण