काठमाडौँ । सोमबार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जली गीतसङ्गीत क्षेत्रका हस्ती, कलाकर्मी लगायतको उपस्थिति रहेको छ ।
आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ ।
मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् । अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । आचार्य गायक सत्यराज र स्वरूपराज आचार्यका पिता हुन् ।
_sQRgsBWcnD.jpg)
_bqk7dbEkJw.jpg)
_TRvd90lERp.jpg)
_1QOT1jFWKZ.jpg)
_jHWbXxrhUO.jpg)
_MmGeEYqWEU.jpg)
_NTRVUK4bkV.jpg)
_hUl5gRs6GT.jpg)
_ujJHvSbXkl.jpg)
_PZIqfllqCX.jpg)
_5F0riPL78y.jpg)
_WSU0F2UVAj.jpg)
_GA4Fst9XPq.jpg)
_cgBRh37aG8.jpg)
_FuC3GUCvNf.jpg)
_RQ1rAWiS7Z.jpg)
_AVKQPAR4lb.jpg)
_3UIM1OQuMo.jpg)
_ugIu0DghFC.jpg)
प्रतिक्रिया