शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आगो ताप्ने क्रममा जलेर मृत्यु

मङ्गलबार, १५ फागुन २०८०, १३ : ४७
मङ्गलबार, १५ फागुन २०८०

रूपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका-१ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा गएराति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

उता तनहुँको भानु नगरपालिका-१३ पोखरीछाप बस्ने ५० वर्षीया सुकुली मियाको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप