शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बुधबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित

बुधबार, १६ फागुन २०८०, १४ : १७
बुधबार, १६ फागुन २०८०

मकवानपुर । बुधबार बिहान साढे ११ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति नजुटेपछि बिहीबार बिहान सोही समयमा बस्ने गरी स्थगित गरिएको छ ।

पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए ।

सोही विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै गर्न चाहेनन् ।

मुख्यमन्त्री जम्कट्टेल एउटा कार्यक्रममा सहभागी हुन राक्सिराङ पुगेपछि विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।

दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार साढे ११ बजे बैठक बस्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप