स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइयो औषधि
बुधबार, १६ फागुन २०८०, १५ : १३
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट एक औषधि हटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभागको गत मंसिर ११ को निर्णयअनुसार बोर्डले लिनाग्लिप्टिन २.५ औषधि हटाएको हो ।
औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्रान्ड समेत थप उत्पादन नगर्न/नगराउन भएको निर्णय अनुसार सो औषधि हटाइएको बोर्डले उल्लेख गरेको छ ।
सुविधा थैलीबाट हटाइएको हुँदा सो औषधिहरूको सिफारिस नगर्न/नगराउनु समेत सम्बन्धितलाई अनुरोध गरिएको छ ।
देशभर ४४२ वटा स्वास्थ्य संस्थाले बीमा मार्फत दिइने सेवा सुविधा प्रदान गरिरहेका छन् । बोर्डका अनुसार स्वास्थ्य बीमामार्फत १,१३३ वटा औषधि पाइन्छ । यसमध्ये १,१०८ वटा एलोपेथिक मेडिसिन र २५ वटा आयुर्वेदिक औषधि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
-
सरकारको नियतमाथि राप्रपाले उठायो प्रश्न, ईभी काण्डमा संसदीय छानबिन समिति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण