आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइयो औषधि

बुधबार, १६ फागुन २०८०, १५ : १३
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट  एक औषधि हटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभागको गत मंसिर ११ को निर्णयअनुसार बोर्डले लिनाग्लिप्टिन २.५ औषधि हटाएको हो ।

औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्रान्ड समेत थप उत्पादन नगर्न/नगराउन भएको निर्णय अनुसार सो औषधि हटाइएको बोर्डले उल्लेख गरेको छ । 

सुविधा थैलीबाट हटाइएको हुँदा सो औषधिहरूको सिफारिस नगर्न/नगराउनु समेत सम्बन्धितलाई अनुरोध गरिएको छ । 

देशभर ४४२ वटा स्वास्थ्य संस्थाले बीमा मार्फत दिइने सेवा सुविधा प्रदान गरिरहेका छन् । बोर्डका अनुसार स्वास्थ्य बीमामार्फत १,१३३ वटा औषधि पाइन्छ । यसमध्ये १,१०८ वटा एलोपेथिक मेडिसिन र २५ वटा आयुर्वेदिक औषधि छन् ।

suchana

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप