शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक आज, यस्तो छ कार्यसूची

बिहीबार, १७ फागुन २०८०, ०८ : ५७
बिहीबार, १७ फागुन २०८०

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ ।  बिहान ११ः३० बजे बैठक बस्ने तयारी गरिएको प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा विशेष समय र विधेयक पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा विशेष समयमा सांसदहरूले धारणा राख्ने छन् भने संसद् सचिवालयमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ । 

सरकार र प्रतिपक्ष बिचको अन्तर्द्वन्द्व कारण प्रदेशसभा बैठक प्रभावित बन्दै आएको छ । विगत ४ महिना देखि बन्द बैठक फागुन १५ गतेका लागि आह्वान गरिएको थियो । बजेट माथिको भागबन्डाको विषयलाई लिएर सरकार र प्रतिपक्ष बिचको विवादका कारण सो बैठकमा समेत विवाद भएको थियो । अधिवेशन आह्वान सम्बन्धी पत्र र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त केही पत्र वाचन सहित दलगत रूपमा सांसदहरूले शुभकामना मन्तव्य राखे पछि बैठक स्थगित भएको थियो । 

बुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरी स्थगित गरिएको थियो । बजेट विनियोजनमा असहमति राख्दै आएको प्रमुख प्रतिपक्ष दल सहित विपक्षी दलहरूले पूर्व निर्धारित बजेट सम्बन्धी सहमति कार्यान्वयन माग गरेपछि बैठक स्थगित भएको थियो । सरकार र प्रतिपक्ष बिचको विवाद समाधान गर्ने पटक पटक बसेको सर्वदलीय बैठक समेत व्यर्थ बनिरहँदा त्यसको असर संसदमा देखिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप