२८ अंकले घटेर सेयर बजार बन्द, साढे २ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २८ अंकमाथिले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा झरेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत ४.७९ अंकले घट्दै ३५१.६५ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
तथापि, २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता सेयर आज दोस्रो बजारमा कारोबार भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ २.५१ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक २.२७ प्रतिशतले घटेको छ । अन्य समूहहरुको उपसूचक आज २ प्रतिशतले कमले घटेका छन् ।
आज पनि बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण