सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदै छ कारोबार ?

शुक्रबार, १८ फागुन २०८०, ११ : १५
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा  कारोबार भएको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रवार तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।  

यस्तै शुक्रवार चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १३७५ रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप