आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मेहन्दी सेरोमनीमा यसरी खुलिन् नन्दिता

शुक्रबार, १८ फागुन २०८०, १७ : ४९
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । अभिनेत्री नन्दिता केसी वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । उनले शनिवार प्रेमी अरविन्द्र कटवालसँग एक समारोहकाबीच लगनगाँठो कस्न लागेकी हुन् ।

हिजो बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनी अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो । मेहन्दी सेरोमनीका केही तस्बिर सामाजिक सञ्जालमा पनि आएका छन्  । जसमा उनी निकै खुसी देखिएकी छन् ।

nandita-kc (2)

नन्दिताले केही अगाडि प्रेमी अरविन्द्र कटवालसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् । 

नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौँ आएका छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जंगबहादुरको कोट’ थियो । जुन ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।

nandita-kc (3)nandita-kc (4)nandita-kc (6)nandita-kc (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप