मेहन्दी सेरोमनीमा यसरी खुलिन् नन्दिता
काठमाडौँ । अभिनेत्री नन्दिता केसी वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । उनले शनिवार प्रेमी अरविन्द्र कटवालसँग एक समारोहकाबीच लगनगाँठो कस्न लागेकी हुन् ।
हिजो बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनी अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो । मेहन्दी सेरोमनीका केही तस्बिर सामाजिक सञ्जालमा पनि आएका छन् । जसमा उनी निकै खुसी देखिएकी छन् ।
_fDomH7JTVv.jpg)
नन्दिताले केही अगाडि प्रेमी अरविन्द्र कटवालसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् ।
नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौँ आएका छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जंगबहादुरको कोट’ थियो । जुन ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।
_L8hJyZvNkh.jpg)
_lkj92oleAH.jpg)
_saUoCN94K2.jpg)
_mTWfSpKM0d.jpg)
_FT16B5958e.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण