अहिलेसम्म अर्काको भरमा बाँच्यौं, अब उत्पादनको काममा लाग्नुपर्छः शाही
कालिकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहक्षेत्र कालिकोटको पचालझरणा पुगेका मुख्यमन्त्री शाहीले यहाँ आयोजित पचालझरना पर्यटन तथा सांस्कृतिक महोत्सवको समापन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा नहुने बताउँदै सबै जनता उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याए । शाहीले भने– ‘अहिलेसम्म हामी अर्काका भरमा बाँच्यौं, अब कर्णालीको प्राकृतिक श्रोतलाई प्रयोग गरेर आत्मनिर्भर वन्नुपर्छ ।’
पर्यटन र कृषिमार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर बनाउने योजना सरकारले लिएको बताउँदै मुख्यमन्त्री शाहीले आगामी बजेटमा समेत विशेष व्यवस्था गर्ने बताए । उत्पादनमुलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्ने समेत उनको भनाई थियो ।
राज्यसत्ताले गरेको विभेदको अन्त्यका लागि कर्णालीले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले अब विकास र समृद्धिको नेतृत्व लिने समेत दाबी गरे । मतदाताहरुको विश्वासका कारण कर्णालीको नेतृत्व गर्ने अवसर आफुले प्राप्त गरेको बताउँदै मुख्यमन्त्री शाहीले जनताको समृद्धिको सपना पूरा गर्न आफु प्रतिबद्ध रहेको बताए । पहिलोपटक गृहक्षेत्र पुगेका मुख्यमन्त्री शाही आज स्थानियवासीसँग पचालझरणामै बस्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण