आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमी अरविन्द्रसँग आज विवाह गर्दै नन्दिता

शनिबार, १९ फागुन २०८०, १० : ४८
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । अभिनेत्री नन्दिता केसी आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । शनिबार एक समारोहकाबीच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । नन्दिता र अरविन्द्रकाे विवाह समारोह काठमाडाेँकाे एक हाेलटमा आयाेजना गरिनेछ । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएकाे छ।

विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रङ्ग पत्रकारको उपस्थिति थियो । जसमा उनी निकै खुसी देखिएकी थिइन् ।

नन्दिताले केही अगाडि प्रेमी अरविन्द्रसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् । 

नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौँ आएका छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जङ्गबहादुरको कोट’  ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप