भक्तपुरमा ३३ वर्षीय युवकको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ
आइतबार, २० फागुन २०८०, ११ : २०
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल प्रसाद ढकालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । फागुन ११ मा सिपाडोल स्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा ३३ वर्षीय ढकाल मृत अवस्थामा फेला परेका हुन् ।
हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । आरोपी काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
फागुन ११ मा साँझ गोपाल प्रसाद ढकाल डेराबाट तेल किन्न निस्केका थिए । तेह्रथुमको छथर घर भएका उनी डेरामा नफर्केपछि परिवारले प्रहरी वृत्त जगातीमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण