सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा ३३ वर्षीय युवकको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

आइतबार, २० फागुन २०८०, ११ : २०
आइतबार, २० फागुन २०८०

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल प्रसाद ढकालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । फागुन ११ मा सिपाडोल स्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा ३३ वर्षीय ढकाल मृत अवस्थामा फेला परेका हुन् । 

हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । आरोपी काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

फागुन ११ मा साँझ गोपाल प्रसाद ढकाल डेराबाट तेल किन्न निस्केका थिए । तेह्रथुमको छथर घर भएका उनी डेरामा नफर्केपछि परिवारले प्रहरी वृत्त जगातीमा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप