लागु औषधसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले मकवानपुर र मोरङबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा करिब २ किलोसहित रौतहट माधवनारायण नगरपालिका–१ बस्ने २७ वर्षीय महेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । त्यस्तै विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७३ मिलिग्रामसहित सोही महानगरपालिका–१५ बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण