बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित दुई जना पक्राउ

सोमबार, २१ फागुन २०८०, १७ : ११
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । प्रहरीले मकवानपुर र मोरङबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा करिब २ किलोसहित रौतहट माधवनारायण नगरपालिका–१ बस्ने २७ वर्षीय महेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । त्यस्तै विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७३ मिलिग्रामसहित सोही महानगरपालिका–१५ बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप