कुर्सी नहल्लिए पनि निर्णायक डेलिभरीका लागि प्रधानमन्त्रीले जोखिम लिनुभयो : रास्वपा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कुर्सी खतरामा नभएको अवस्था पनि जनताको अपेक्षालाई सम्बोधन गर्नका लागि जोखिम मोलेर नयाँ समीकरण बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ । जोखिम मोलेरै भएपनि समाजको अपेक्षालाई निर्णायक सम्बोधनतिर जानुपर्छ भनेर प्रधानमन्त्रीले नयाँ पहल गरेको पार्टीले जनाएको हो ।
सोमबार राति बसेको नयाँ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले भने, ‘आर्थिक शिथिलता र कुशासनका केही शृङ्खलाहरूबाट समाजमा नैराश्य व्याप्त छ । डेलिभरीको गति पनि, मात्र पनि र गुणस्तर पनि अलिकति रफ्तारमा जाओस् भन्ने समाजको जुन अपेक्षा छ, त्यसमा प्रधानमन्त्रीज्यूले अलि गम्भीरतापूर्वक मनन गरेको हामी पायौँ । उहाँको कुर्सी हल्लिएको थिएन, अझै ९–१० महिना आरामले बस्न सक्नुहुन्थ्यो । त्यो जगजाहेर नै छ । तैपनि जोखिम मोलेर निर्णायक सम्बोधनतिर जानुपर्छ डेलिभरी फरक ढङ्गले गर्नुपर्छ जुन पहल गर्नुभयो, हामी पनि एउटा उदीयमान राष्ट्रिय दल भएकाले सरकारमा सहभागी हुनुपर्छ भन्ने निर्णय लियौँ ।’
उनले आफूहरू स्पष्ट एजेन्डा बोकेर सरकारमा जाने र त्यो काम गर्न नसके सरकारबाट बाहिरिने पनि स्पष्ट पारे । ‘हामी स्पष्ट छौँ, निश्चित एजेन्डा बोकेर यो–यो काम गर्न भनेर हामी सरकारमा सामेल हुन्छौँ । काम गर्न सकेको दिनसम्म हामी सरकारमा हुन्छौँ, नसकेको दिन हामी छाड्ने छौँ । तर त्यस्तो दिन आउँछ भन्ने हामीलाई लाग्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण