सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

मङ्गलबार, २२ फागुन २०८०, ०६ : ३०
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ । सभापति देउवाले मंगलबार प्रधानमन्त्री प्रचण्डबाट धोका भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप