शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

८ जनालाई ‘नइ बाल पुरस्कार’

मङ्गलबार, २२ फागुन २०८०, १४ : ३८
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । नइ प्रकाशनले आ–आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । 

‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रुपैयाँ रहेका छन् । 

यसैगरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि सात हजार र पाँच हजार रुपैयाँ रहेका छन् । 

पुरस्कार आगामी चैत ३० गते काठमाडौँमा एक कार्यक्रमका बिच बाँडिने नइ प्रकाशन सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप