८ जनालाई ‘नइ बाल पुरस्कार’
काठमाडौँ । नइ प्रकाशनले आ–आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रुपैयाँ रहेका छन् ।
यसैगरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि सात हजार र पाँच हजार रुपैयाँ रहेका छन् ।
पुरस्कार आगामी चैत ३० गते काठमाडौँमा एक कार्यक्रमका बिच बाँडिने नइ प्रकाशन सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण