बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एउटै व्यक्तिले २१७ पटक कोभिड विरुद्धको खोप लगाएपछि....

बुधबार, २३ फागुन २०८०, १३ : ०१
बुधबार, २३ फागुन २०८०

बर्लिन । जर्मनीमा एकै पुरुषले २१७ पटक कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्यकर्मीहरूको सल्लाह विपरीत  ती पुरुषले बारम्बार खोप लगाएको खुलासा भएको छ । यो अनौठो घटनालाई ल्यान्सेट इन्फेक्सस डिजिज जर्नलमा समेत प्रकाशित गरिएको थियो ।

ती खोपहरू २९ महिनाको अन्तरालमा निजी तवरले किनेर लगाइएको पाइएको थियो । यत्तिका खोप लगाउँदा पनि ६२ वर्षका ती पुरुषमा कुनै साइड इफेक्ट नदेखिएको इल्र्याल्जेन–नरेम्बर्ग विश्वविद्यालयका अनुसन्धाताहरूले बताएका छन् । पत्रिकामा छापिएको लेखबाट आफूहरूले ती पुरुषबारे थाहा पाएको विश्वविद्यालयका माइक्रोबायोलोजी विभागका डा. किलियन शोबरले भनेका छन् ।

यो थाहा पाएर उनलाई अनेकौँ परीक्षणका लागि विश्वविद्यालयमै बोलाइयो । अनि रगत झिकियो । म्यादेबर्ग सहरको सरकारी अभियोजनकर्ताले ती पुरुषले १३० पटक सम्म खोप लगाएको प्रमाण जुटाएका थिए । धोकाधडीको आरोपमा ती अभियोजनकर्ताले पुरुषमाथि छानबिन थालेका थिए । तर उनीमाथि कुनै फौजदारी मुद्दा भने लगाइएन । बारम्बार खोप लगाउँदा शरीरमा केही कोशहरूलाई थकित हुन सक्छन् । तर ती पुरुषमा यस्तो कुनै प्रमाण भेटिएन । न त उनलाई कोभिडको सङ्क्रमण भएको सङ्केत नै फेला पर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप