गठबन्धनमा मन्त्रालय भागबन्डा अन्तिम चरणमा, माधवको निर्णय आएपछि ‘फाइनल टचअप’
काठमाडौँ । सत्ता गठबन्धनको कार्यदल स्तरमा मन्त्रालय भागबन्डा लगभग टुङ्गिएको छ । प्रधानमन्त्रीसहित २१ मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित ६ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले ७ वटा मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह सहित ४ र जनता समाजवादी पार्टीले भौतिकसहित २ वटा मन्त्रालय पाउने भएको छ । जनता समाजवादीले ३ मन्त्रालयको दाबी छोडेको छैन । नेकपा एकीकृत समाजवादी सरकारमा आउन चाहे उसलाई २ मन्त्रालय दिने तयारी गठबन्धनमा एक हिसाबको सहमति भएको छ । तर यसरी गरिएको भागबन्डा अन्तिम भने होइन ।
कार्यदल स्तरमा तयार भएको यो भागबन्डा आजै साँझ गठबन्धनका शीर्ष नेताहरू बसेर अन्तिम रूप दिने तयारी रहेका कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएपछि यो भागबन्डा केही तलमाथि समेत हुन सक्नेछ ।
यता एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । अन्य मन्त्रीहरूको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेलुकासम्म अन्तिम टुङ्गो लगाउने बताइएको छ ।
अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेलसहित अहिले कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका छन् । उनी फर्किए लगत्तै शपथ हुन सक्ने भनेर ‘स्ट्यान्ड बाई’ बस्न महासेठ लगायतका नेताहरूलाई खबर छाडेका छन् । यस्तो खबर पाएपछि महासेठ अहिले भर्खरै जनकपुरबाट काठमाडौँ ओर्लेका छन् ।
उता गठबन्धनमा भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको उपसभापति स्वर्णिम वाग्लेले बताए । उनका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण