जसपा तत्काल सरकारमा नजाने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेका कारण साे पार्टी तत्काल सरकारमा नजाने भएको हो । ‘हामी छलफलमै छौं, निष्कर्षमा पुगिसकेका छैनौं’ जसपाका अध्यक्ष उपन्द्र यादवले रातोपाटीसँग भने ।
जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले मधेश प्रदेशको सरकार समेत सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने बताए । उनले भने, ‘हाम्रो बटमलाइन भनेको मधेश प्रदेश सरकार हो तर अहिलेसम्म त्यो सुनिश्चित भएको छैन, त्यहाँको सरकार के हुने हो, त्यसको पनि ग्यारेन्टी नभएका कारण तत्कालै सरकारमा जाँदैनौ ।’
नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएका कारण मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलमा देखिएको छ । अहिलेको गठबन्धनबाट मधेश प्रदेश सरकार टिक्न सक्ने देखिँदैन । मधेश प्रदेश सरकार हातबाट जाने भएपछि जसपाले तत्कालै सरकारमा जाने निर्णय गर्न नसकेकाे हाे ।
बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकबाट थप निर्णय आउन बाँकी छ । सोमबार भएको चार दलबीचको सहमतिमा जसपा अध्यक्ष यादवले हस्ताक्षर गरे पनि आज भएको मन्त्रिपरिषद् विस्तारमा पार्टीले मन्त्री चयन गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण