सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

बालुवाटारमा तीन नेताको छलफल लम्बिँदा शपथमा ढिलाइ

बुधबार, २३ फागुन २०८०, १९ : ०७
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबिचको संवाद लम्बिँदा मन्त्रीहरूको शपथमा ढिलाइ भएको छ । 

बुधबार ७ बजे यो समाचार तयार पर्दासम्म प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच छलफल जारी रहेको छ।  पावर सेयरिङ लगायतका विषयमा तीन नेताबिच छलफल भइरहेको र सो छलफल लम्बिँदा पौने ६ बजे हुने भनिएको मन्त्रीको शपथमा ढिलाइ भएको हो । स्रोतका अनुसार माधव नेपालले आफूलाई पनि एक वर्ष प्रधानमन्त्री दिनुपर्ने माग राखेका छन् । तर यसबारेमा सहमति हुन सकेको छैन । 

सरकारको सिफारिसअनुसार शीतल निवासमा आजै १५ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउने राष्ट्रपतिको तयारी छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप