नयाँ सत्ता समीकरण
बालुवाटारमा तीन नेताको छलफल लम्बिँदा शपथमा ढिलाइ
बुधबार, २३ फागुन २०८०, १९ : ०७
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबिचको संवाद लम्बिँदा मन्त्रीहरूको शपथमा ढिलाइ भएको छ ।
बुधबार ७ बजे यो समाचार तयार पर्दासम्म प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच छलफल जारी रहेको छ। पावर सेयरिङ लगायतका विषयमा तीन नेताबिच छलफल भइरहेको र सो छलफल लम्बिँदा पौने ६ बजे हुने भनिएको मन्त्रीको शपथमा ढिलाइ भएको हो । स्रोतका अनुसार माधव नेपालले आफूलाई पनि एक वर्ष प्रधानमन्त्री दिनुपर्ने माग राखेका छन् । तर यसबारेमा सहमति हुन सकेको छैन ।
सरकारको सिफारिसअनुसार शीतल निवासमा आजै १५ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउने राष्ट्रपतिको तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण