सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नयाँ समीकरणको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार हुँदा पनि छुट्यो जसपा

बुधबार, २३ फागुन २०८०, २० : ०५
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नयाँ समीकरणअनुसार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार हुँदा पनि जनता समाजवादी पार्टी (जसपा) छुटेको छ।  आइतबार मध्यराति भएको ८ बुँदे समझदारीमा हस्ताक्षर गरेको दल जसपा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि सरकारमा सहभागी नभएको हो ।

८ बुँदे सहमतिमा माओवादी केन्द्र, एमाले र रास्वपासहित जसपाले पनि हस्ताक्षर गरेको थियो । बरु नयाँ समीकरण बनाउने क्रममा ८ बुँदे सहमतिमा हस्ताक्षर नगर्ने एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेको छ । 

किन जसपा सरकारमा गएन ?

गठबन्धनमा कुरा नमिलेका कारण सो पार्टी तत्काल सरकारमा नजाने भएको हो । ‘हामी छलफलमै छौं, निष्कर्षमा पुगिसकेका छैनौँ,’ जसपाका अध्यक्ष उपेन्द्र यादवले रातोपाटीसँग भने । 

जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले मधेस प्रदेशको सरकार समेत सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने बताए । उनले भने, ‘हाम्रो बटमलाइन भनेको मधेस प्रदेश सरकार हो तर अहिलेसम्म त्यो सुनिश्चित भएको छैन, त्यहाँको सरकार के हुने हो, त्यसको पनि ग्यारेन्टी नभएका कारण तत्कालै सरकारमा जाँदैनौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप