४० वटा कानुन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता छ : सांसद पन्त
काठमाडौँ । राष्ट्रियसभा सदस्य कमला पन्तले ४० वटा कानून तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन् । बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले विगतका सकारात्मक अनुभवहरुबाट अघिल्ला पाइलाहरुलाई देश र जनताको पक्षमा परिणामदायी बनाउन संकल्प गर्नु अहिलेको आवश्यकता भएको बताइन् । उनले समुन्नत नेपाल निर्माणको आधार खडा गर्न युद्धस्तरमा काम गर्नुपर्ने भएकाले विश्राम गर्ने छुट नरहेको जिकिर गरिन् ।
उनले भनिन्– ‘संविधान निर्माण भइसकेपछि कानून कति निर्माण गर्न बाँकी छ, भन्नेकुरा पनि विधायन समितिले अध्ययन गरिसकेको छ । ४० वटा कानुन तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता छ । शान्ति प्रक्रियाको लजिकल इन तथा समुन्नत नेपाल निर्माणको आधार खडा गर्न युद्धस्तरमा काम गर्नुपर्नेछ । हामीलाई विश्राम गर्ने छुट छैन ।’
उनले शक्ति निक्षेपणको सिद्धान्तका आधारमा स्थानीय तह र प्रदेश तहलाई थप शक्तिशाली साधन श्रोत सम्पन्न र दक्ष तुल्याइ संघीयताको अर्थपूर्ण अभ्यासलाई बिस्तार गर्न ढिला गर्नु नहुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण