सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेनोज अधिकारीलाई सम्झँदै क्रान्तिकारीको टोली मोरङको बाघझोडामा

बिहीबार, २४ फागुन २०८०, २० : ४३
बिहीबार, २४ फागुन २०८०

फागुन । अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष जीपी मैनालीसहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ ।

अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी  स्मृति दिवसको दिन उपाध्यक्ष मैनालीसहितको टोली बिहीबार अधिकारीको हत्या भएको स्थल  मोरङको बाघझोडा पुगेको हो ।

टोलीमा क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडालसहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो । टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचास्थित जंगलसहित, सुकुना बहमुखी क्याम्पस अगाडि निर्मित सहिद बेनोज गेट पुगेको  कान्तिकारी नेता उमेश सेन्चुरीले जानकारी दिए ।

तत्तकालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४  गते आजकै दिन तत्कालीन राज्य सत्ताले गिरफ्तारपछि मोरङको खोर्सानेमाथि बाघझोडामा निर्ममता पूर्वक हत्या गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप