बेनोज अधिकारीलाई सम्झँदै क्रान्तिकारीको टोली मोरङको बाघझोडामा
बिहीबार, २४ फागुन २०८०, २० : ४३
फागुन । अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष जीपी मैनालीसहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ ।
अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी स्मृति दिवसको दिन उपाध्यक्ष मैनालीसहितको टोली बिहीबार अधिकारीको हत्या भएको स्थल मोरङको बाघझोडा पुगेको हो ।
टोलीमा क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडालसहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो । टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचास्थित जंगलसहित, सुकुना बहमुखी क्याम्पस अगाडि निर्मित सहिद बेनोज गेट पुगेको कान्तिकारी नेता उमेश सेन्चुरीले जानकारी दिए ।
तत्तकालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४ गते आजकै दिन तत्कालीन राज्य सत्ताले गिरफ्तारपछि मोरङको खोर्सानेमाथि बाघझोडामा निर्ममता पूर्वक हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण