पाँच दलीय गठबन्धनलाई समर्थन गर्न अन्य दललाई एमालेको आग्रह
काठमाडौँ । प्रमुख सत्ता घटक नेकपा एमालेले नयाँ गठबन्धनको समर्थनका लागि अन्य राजनीतिक दललाई अनुरोध गरेको छ । शुक्रबार विहान च्यासलमा बसेको एमाले सचिवालय बैठकले पाँच दलको नयाँ सत्ता समीकरणमा अन्य दललाई पनि समर्थन गर्न आग्रह गरेको हो ।
‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ,’ महासचिव शंकर पोखरेलले भने, ‘प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दल (एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी) मा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौँ । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौँ ।
सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको उनको भनाइ थियो । मुलुकको सङ्कटको अवस्थाबाट पार लाउन जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण