भिजिट भिसामा दुबई पठाउन खोजेको आरोपमा विमानस्थलबाट एजेन्ट पक्राउ
शुक्रबार, २५ फागुन २०८०, १७ : ११
काठमाडौँ । भिजिट भिसामा ३ जना नेपाली नागरिकलाई दुबई पठाउन लागेको आरोपमा प्रहरीले एजेन्टलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही–८ रुद्रपुर घर भएका ४७ वर्षीय भविलाल थापा छन् ।
कपन बस्दै आएका थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए । दुबई जान लागेका तेह्रथुम घर भएका नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय र चितवन घर भएकी दुर्गा श्रेष्ठलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागि उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको एसएसपी शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण