२२ वर्षपछि निर्देशनमा कम ब्याक गर्दै अनुपम खेर
मुम्बई । अभिनेता अनुपम खेर निर्देशकमा कम ब्याक गर्ने भएका छन् । फिल्म ‘तन्वी : द ग्रेट’ मार्फत उनले २२ वर्षपछि निर्देशनमा कम ब्याक गर्न लागेका हुन् ।
फिल्मको घोषणा उनले बिहीबार परेको आफ्नो ६९औँ जन्मदिनमा गरेका हुन् । अनुपमले सामाजिक संजालमा आमाको साथ एक भिडियो शेयर गर्दै लेखेका छन्, ‘‘तन्वी : द ग्रेट’ आज जन्मदिनमा घोषणा गर्दछु । यो आफैले निर्देशन गर्छु ।’
फिल्म अनुपमले आफ्नो ब्यानर अनुपम खेर स्टुडियोबाट बनाउन लागेका हुन् । फिल्मको कथा म्युजिकल स्टोरी बताइएको छ । जसमा उनले ३ वर्षदेखि काम गरिरहेका थिए । फिल्मको घोषणासँगै उनलाई कयौँ सेलिब्रेटीले बधाई तथा शुभकामना दिएका छन् ।
अनुपमले २००२ मा ‘ओम जय जगदीश’ निर्देशन गरेका थिए । विभिन्न भाषा गरेर करिब ५०० फिल्म अभिनय गरेका उनको फिल्म ‘ओम जय जगदीश’मा अनिल कपुर, अभिषेक बच्चन, फरदीन खान, महिमा चौधरी, उर्मिला मातोंडकर, तारा शर्मा लगायतको अभिनय रहेको थियो । फिल्म बक्सअफिसमा फ्लप सावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण