सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षपछि निर्देशनमा कम ब्याक गर्दै अनुपम खेर

शुक्रबार, २५ फागुन २०८०, १९ : ०४
शुक्रबार, २५ फागुन २०८०

मुम्बई । अभिनेता अनुपम खेर निर्देशकमा कम ब्याक गर्ने भएका छन् । फिल्म ‘तन्वी : द ग्रेट’ मार्फत उनले २२ वर्षपछि निर्देशनमा कम ब्याक गर्न लागेका हुन् । 

फिल्मको घोषणा उनले बिहीबार परेको आफ्नो ६९औँ जन्मदिनमा गरेका हुन् । अनुपमले सामाजिक संजालमा आमाको साथ एक भिडियो शेयर गर्दै लेखेका छन्, ‘‘तन्वी : द ग्रेट’ आज जन्मदिनमा घोषणा गर्दछु । यो आफैले निर्देशन गर्छु ।’  

फिल्म अनुपमले आफ्नो ब्यानर अनुपम खेर स्टुडियोबाट बनाउन लागेका हुन् । फिल्मको कथा म्युजिकल स्टोरी बताइएको छ । जसमा उनले ३ वर्षदेखि काम गरिरहेका थिए । फिल्मको घोषणासँगै उनलाई कयौँ सेलिब्रेटीले बधाई तथा शुभकामना दिएका छन् ।

अनुपमले २००२ मा ‘ओम जय जगदीश’ निर्देशन गरेका थिए । विभिन्न भाषा गरेर करिब ५०० फिल्म अभिनय गरेका उनको फिल्म ‘ओम जय जगदीश’मा अनिल कपुर, अभिषेक बच्चन, फरदीन खान, महिमा चौधरी, उर्मिला मातोंडकर, तारा शर्मा लगायतको अभिनय रहेको थियो । फिल्म बक्सअफिसमा फ्लप सावित भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप