सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिटको मामिलामा बिग बोस विजेता एल्विस यादवविरुद्ध एफआईआर दर्ता

शनिबार, २६ फागुन २०८०, १३ : १९
शनिबार, २६ फागुन २०८०

मुम्बई । बिग बोस ओटीटी विजेता युट्युबर एल्विस यादवले कुटपिट गरेको भिडियो भाइरल भएको छ । कुटपिको भिडियो शुक्रबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रह्यो। 

पीडित युवालाई सेक्टर ५३ स्थित साउथ प्वाइन्ट मलमा यादव र उनका साथीले कुटपिट गरेका थिए । उजुरीको आधारमा प्रहरीले शुक्रबार राति सेक्टर–५३ प्रहरी चौकीमा आईपीसीको धारा १४९,१४७,३२३ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। प्रहरीले एल्विस यादव र उनका सहयोगीलाई अभियुक्त बनाएको छ ।

प्रहरी चौकी इन्चार्ज इन्स्पेक्टर राजेन्द्र कुमारका अनुसार यादवले सामाजिक सञ्जालमा आफूलाई म्याक्सटर्नको नामले पनि चिनिने दिल्लीको समता विहार मुन्कादपुरका मूल निवासी सागर ठाकुरमाथि कुटपिट गरेको उजुरीमा उल्लेख छ ।

युट्युब, इन्स्टाग्राम, एक्समा उनका लाखौँ फलोअर्स छन् । उनले एल्विस यादवलाई सन् २०२१ देखि चिनेको बताए । उजुरीमा यादव र उनका सहयोगीले सामाजिक सञ्जालमा घृणित अभिव्यक्ति दिएको कारणले भएको विवादका बिच आफूलाई कुटपिट गरेको उजुरीमा उल्लेख छ । 

यस्तो अवस्थामा उनी एल्विससँग भेट्न र कुरा गर्न चाहन्थे। उनी बिहीबार एल्भिसलाई भेट्न गुरुग्राम पुगेका थिए । बिहीबार राति करिब १२ बजेतिर एल्भिस यादव आफ्ना आठ–दश जना साथीसहित सेक्टर–५३ स्थित साउथ प्वाइन्ट मलको पसलमा आएपछि उनलाई कुटपिट र दुर्व्यवहार गर्न थाले । 

एल्भिसले उनलाई मार्ने धम्की समेत दिएको आरोप छ । यादवले रक्सी पनि सेवन गरेको आरोप लगाएका छन् । पूरै घटना त्यहाँ जडान गरिएको क्यामेरामा कैद भएको छ । एल्विस विभिन्न विवादमा जोडिएका छन्। यसअघि नोएडामा आयोजित रेभ पार्टीलाई लिएर उनी विवादमा आएका थिए ।

यसअघि उनीमाथि गुडगाउँमा भएको जी–२० बैठकमा एम्बियन्स मल बाहिर लग्जरी गाडीबाट फूलका गमलाहरू चोरी भएको घटना भएपछि चर्चामा आएका थिए। यस घटनामा प्रयोग भएको कार एल्विसको रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप