राष्ट्रपति पौडेल जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक
शनिबार, २६ फागुन २०८०, २१ : ४४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शनिवार साँझ आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।
उनी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख सहभागी रहेका थिए । नेपाली सेनाले यसपटक महाशिवरात्रिका दिन आफ्नो दुई सय ६१औँ स्थापना दिवस मनाएको थियो ।
उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको स्वागत समारोहमा उपस्थिति थियो ।
त्यस अवसरमा गैरआवासीय सैनिक सहचारी तथा युवा आदान प्रदान कार्यक्रममा नेपाल भ्रमणमा रहेका विभिन्न देशका नेशनल क्याडेट कोर्षका छात्र छात्राको पनि सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण