सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक

शनिबार, २६ फागुन २०८०, २१ : ४४
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शनिवार साँझ आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।

उनी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख सहभागी रहेका थिए  । नेपाली सेनाले यसपटक महाशिवरात्रिका दिन आफ्नो दुई सय ६१औँ स्थापना दिवस मनाएको थियो ।

उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको स्वागत समारोहमा उपस्थिति थियो ।

 त्यस अवसरमा गैरआवासीय सैनिक सहचारी तथा युवा आदान प्रदान कार्यक्रममा  नेपाल भ्रमणमा रहेका विभिन्न देशका नेशनल क्याडेट कोर्षका छात्र छात्राको पनि सहभागिता थियो  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप