सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा ‘सैतान’को तहल्का

आइतबार, २७ फागुन २०८०, १५ : ४६
आइतबार, २७ फागुन २०८०

नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म ‘सैतान’ले बक्स अफिसमा दबदबा बनाएको छ । यो सुपरनेचुरल हरर फिल्मलाई दर्शकले मन पराएको बताइएको छ । फिल्मले पहिलो दिन नै शानदार ओपनिङ गरेको थियो । दोस्रो दिन फिल्मले कमाइका हिसाबले तहल्का मच्चाएको छ । सप्ताहान्त परेकोले फिल्मको कमाइ राम्रो भएको थियो ।

ओपनिङ डेमा फिल्मले देशभर १४ करोड ७५ लाख भारुको व्यापार गरेको थियो । फिल्मको दोस्रो दिनको कमाई पनि राम्रो छ । सैकनिल्कको रिपोर्ट अनुसार अजय देवगन र आर माधवनको यस फिल्मले दोस्रो दिन अर्थात् शनिवार देशभर १८ करोड २५ लाख भारुको व्यापार गरेको छ । अर्थात् सैतानले दुई दिनमा भारतमा मात्रै ३३ करोडको व्यापार गरेको छ । आइतबार पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

सैतान गुजराती फिल्म वासको हिन्दी रिमेक हो । यसलाई विकास बहलले निर्देशन गरेका हुन् । फिल्ममा अजय देवगनका अलावा ज्योतिका र जानकी बोडिवाला पनि छन् । फिल्ममा सबैभन्दा धेरै चर्चा खलनायक बनेर आर माधवनले बटुलेका छन् । उनको अभिनय देखेर दर्शकहरू अचम्मित छन् ।

अजय देवगनको आगामी फिल्म

सैतानपछि अजय देवगन अब फिल्म ‘मैदान’मा देखिँदै छन् । यसमा उनी फुटबल प्रशिक्षकको भूमिकामा देखिने छन् । चलचित्रको ट्रेलर केही दिन अघि रिलिज भएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । अजय देवगनको यो फिल्म यस वर्षको इदको अवसरमा रिलिज हुँदै छ । फिल्मलाई बोनी कपुरले निर्माण गरेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप