बक्स अफिसमा ‘सैतान’को तहल्का
नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म ‘सैतान’ले बक्स अफिसमा दबदबा बनाएको छ । यो सुपरनेचुरल हरर फिल्मलाई दर्शकले मन पराएको बताइएको छ । फिल्मले पहिलो दिन नै शानदार ओपनिङ गरेको थियो । दोस्रो दिन फिल्मले कमाइका हिसाबले तहल्का मच्चाएको छ । सप्ताहान्त परेकोले फिल्मको कमाइ राम्रो भएको थियो ।
ओपनिङ डेमा फिल्मले देशभर १४ करोड ७५ लाख भारुको व्यापार गरेको थियो । फिल्मको दोस्रो दिनको कमाई पनि राम्रो छ । सैकनिल्कको रिपोर्ट अनुसार अजय देवगन र आर माधवनको यस फिल्मले दोस्रो दिन अर्थात् शनिवार देशभर १८ करोड २५ लाख भारुको व्यापार गरेको छ । अर्थात् सैतानले दुई दिनमा भारतमा मात्रै ३३ करोडको व्यापार गरेको छ । आइतबार पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।
सैतान गुजराती फिल्म वासको हिन्दी रिमेक हो । यसलाई विकास बहलले निर्देशन गरेका हुन् । फिल्ममा अजय देवगनका अलावा ज्योतिका र जानकी बोडिवाला पनि छन् । फिल्ममा सबैभन्दा धेरै चर्चा खलनायक बनेर आर माधवनले बटुलेका छन् । उनको अभिनय देखेर दर्शकहरू अचम्मित छन् ।
अजय देवगनको आगामी फिल्म
सैतानपछि अजय देवगन अब फिल्म ‘मैदान’मा देखिँदै छन् । यसमा उनी फुटबल प्रशिक्षकको भूमिकामा देखिने छन् । चलचित्रको ट्रेलर केही दिन अघि रिलिज भएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । अजय देवगनको यो फिल्म यस वर्षको इदको अवसरमा रिलिज हुँदै छ । फिल्मलाई बोनी कपुरले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण