बागमतीमाथि सुदूरपश्चिम प्रदेशको रोमाञ्चक जित
काठमाडौँ । ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को सोमबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशको यो तेस्रो जित हो ।
हालसम्म चार खेल खेलेको सुदूरपश्चिम प्रदेश एक खेलमा भने पराजित भएको थियो । बागमतीको यो लगातार दोस्रो हार हो ।
विराटनगरमा जारी उक्त प्रतियोगिताको सोमबारको खेलमा टस जित पहिले ब्याटिङ रोजेको बागमती प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो ।
बागमती प्रदेशका लागि तेस्रो नम्बरका ब्याट्सम्यान शुभ कंशाकारले सर्वाधिक ४१ रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले केवल ३४ बलमा तीन छक्का र चार चौका पनि हिर्काए ।
छैटौँ नम्बरका ब्याट्सम्यान रविन जोशीले अविजित ३१ रन जोडे । विकेटकिपर ब्याट्सम्यान रविनले ३९ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।
ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले १० रन बटुले । बागमती प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो ।
सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए । उनले दुई ओभरमा नौ रन खर्चिए । नरेश साउदले दुई तथा शेर मल्ल, दिपक बोहरा र दिपक चन्दले पनि एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १९.२ ओभरमा आठ विकेट गुमाएर एक सय २२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । सुदूरपश्चिमका दुबै ओपनर सस्तैमा पेभेलियन फर्किएका थिए ।
ओपनर दिपक बोहरा दुई र अभिषेक पाल ६ रन बनाउँदै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान नरेन भट्टले टोलीका लागि ३० रनको योगदान गरे । उनले २७ बलमा चार चौका पनि हिर्काए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान दीपक बोहराले पनि टोलीको खातामा २२ रन थपे । उनले २५ बलको सामना गरी दुई छक्का पनि हिर्काएका थिए ।
किरण ठगुन्नाले २१ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरणले २० बलमा दुई चौका पनि हिर्काए । नारायण जोशीले पनि १५ बलमा एक छक्का र एक चौकाको मद्दतले १६ रन बनाए ।
तल्लो क्रमका ब्याट्सम्यान नरेश साउद नौ र शेर मल्ल शून्य रनमा अविजित रहे । तीन बलको सामना गरेका नरेनले छक्का हिर्काउँदै टोलीलाई विजयलक्ष्य पार गराएका थिए ।
बागमती प्रदेशका बलर गौतम केसीले तीन विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । दिपेश श्रेष्ठ र इशान पाण्डेले दुई–दुई विकेट हात पारे । कृजन गुरुङले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण